उपचारका लागी सहयोगको याचना

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ११ कार्तिक ।
तुलसीपुर ४ थापाटोल बनहरीका बिमला नेपालीले छोराको उपचारमा समस्या परेकाले सहयोगको याचना गर्नुभएको छ । १८ वर्षिय छोरा सुरजको ब्लड क्यान्सरका कारण काठमाडौको क्यान्सर अस्पतालमा उपचार भईरहेको बताउदै आर्थिक सहयोग गरिदिन सवैसंग सहयोग याचना गर्नु भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले भए जति रकम सवै उपचारमा खर्च गरिसकिएको हुदा थप उपचारमा समस्या भएको उहाँको भनाई छ । हालसम्म १४ लाख रुपैया रकम उपचारमा खर्च भईसकेको र अझैं तीन लाख रुपैंया नपुगेको उहाँले जानकारी दिनुभयो । सहयोग गर्न चाहानेले ९८४४९३३६०६ र ९८०९७९६११० मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ११ गते शनिवार
प्रतिक्रिया