सल्यान मालपोतमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

तुलसीपुर,  कात्तिक
‘कोठा खुल्लै छन् तर मान्छे छैनन् आउँदै कोठा हेर्दै जाँदै गर्ने काम मात्र भएको छ ।’ यो गुनासो हो सल्यानको त्रिवेणी गाउँपालिका ४ निवासी कर्ण बहादुर विकको । अंश बन्डाको लागि मालपोत कार्यालय सल्यानमा धाउन लागेको ४ दिन पुगे पनि विकको काम हुन सकेको छैन् । पैसा र समयको मात्रै बरबाद भएको उनले बताए । यति महँगो गाडिभाडा छ, भोक लाग्छ, चियानास्ता खानै प¥यो, –‘विकले भने’– ४÷५ जना डेलि आउने जाने गर्नुपर्छ कसरी खर्च पु¥याउन सकिन्छ ?’ ‘आज त काम वन्छकी भनेर आयो, हुँदैन, अब कति दिन आइरहने यसैगरी ?’ उलने प्रति प्रश्न गरे । यो त उदाहरण मात्रै हो । दरबन्दी अनुसार कर्मचारी नहँुदा सल्यान मालपोत कार्यालयमा आउने सर्यौ सेवग्राहीले सहज रुपमा सेवा प्राप्त गर्न पाएका छैनन् ।

बारम्बार विभागमा दरबन्दी अनुसार कर्मचारीका लागि माग गरे पनि कुनै सुनुवाई नभएको मालपोत कार्यालय सल्यानका मालपोत अधिकृत हेमराज शर्माले बताए । उनका अनुसार कार्यालयमा २० जनाको दरबन्दी भए पनि अहिले १४ जना मात्रै कार्यरत छन् । त्यसमा कोहि काजमा बसेका छन् । ‘काम ढीलो होला त्यो आफनो ठाउँमा छ, –मोलपोत अधिकृत शर्माले भने, ‘म आफै हाकीम हुँ’ तर सुब्बा र खरदारको कोठामा गएर पनि काम गरिदिन्छु के गर्ने जनताको काम त रोक्नु भएन । ’
कर्मचारी अभावमा समयमै काम नहुँदा विभिन्न ठाउँबाट सेवा लिन आउने सेवा ग्राही चरम आर्थिक मारमा पर्ने गरेको स्वयम मोलपोत अधिकृत शर्माले बताए ।
ढिलो भए पनि जनताको काम नरोकिएको उनले बताए । सेवाग्राहीको चाप अनुसार हालको दरबन्दी अनुसार कर्मचारी पुरै भए पनि अपुग हुने अवस्थामा कर्मचारी थोरै हुनु भनेको सल्यानको लागि ठूलो दुर्भाग्य भएको मोलपोत अधिकृत शर्माले बताए । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव भएकाले प्रशासनिक र राजनितिक नेतृत्व गर्ने अगुवाले गम्भिर रुपमा नसोचेमा यसले अझै समस्या निम्त्याउने र त्यसको चपेटामा जनता पर्ने कार्यालयले बताएको छ ।

मालपोत अधिकृत सहित २० जनाको दबरन्दी भए पनि अहिले कार्यरत कर्मचारीको संख्या १५ जना मात्रै रहेको छ । कार्यालयका अनुसार ३ जना नायव सुब्बाको दरवन्दि भएकोमा २ जना, ६ जना खरीदार दरबन्दि भएकोमा ३ जना, २ जना कम्पयुटर अपरेटर भएकोमा एक जना भएको र उनि पनि अख्तिायर दुरुपयोग अुनसन्धान कार्यय बर्दिबासमा महिनौ दिन अघिबाट काजमा छन् । जसका कारण अपरेटर दरवन्दि अहिले रिक्त छ । कम्प्युटर अपरेटर नहँुदा लापुर्जाहरु हस्तलिखिलत हुने गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक ११ गते शनिवार
प्रतिक्रिया