बाम गठवन्धन निर्वाचन सम्मका लागि, पुन

शरद रेग्मी,
कार्तिक ९,दाङ / एमाओबादि केन्द्रका नेता गणेशमान पुनले बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि भएको बताउनु भएको छ । आज रिपोटर्स क्लव नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले गठवन्धन निर्वाचनको समिक्षा गरेर पार्टि एकिकरण सम्म पु¥याउने लक्ष्य भने रहेको स्पष्ट पार्नु भयो । जसका लागी पार्टि एकिकरण समन्वय समिति समेत गठन गरिएको बताउनु भयो । उहाँले पार्टि एकिकरण गर्ने सम्वन्धमा समेत गृह कार्य भै रहेको भन्दै निर्वाचन पश्चात अझै छलफललाई ब्यापक वनाउने बताउनु भयो ।
रिपोटर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पुर्व मन्त्रि समेत रहेको पुनले वर्तमान सरकारले कुनै पनी हालतमा तोकिएकै समयमा निर्वाचन गर्नु पर्ने बताउनु भयो । वर्तमान सरकारले निर्वाचनलाई सार्ने योजना वनाएको भन्ने हल्ला चलेको भन्दै यदि निर्वाचन सारिय त्यो दुर्भाग्यपुर्ण हुने समेत ठोकुवा गर्नु भयो । पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा जनताको उत्साहपुर्ण सहभागितामा मनोनयन पत्र समेत दर्ता भै सकेको भन्दै यदि निर्वाचन सारिय जनताले आफै सरकारलाई परास्त पार्ने दावि गर्नुभयो । अर्को एक प्रशगमा बोल्दै पुर्व आपुर्ति मन्त्रि पुनले दाङ एअरपोर्ट संचालनका लागी आफु मन्त्रि हुदा ईन्धन डिपो स्थापनाको काम वार्षिक कार्ययोजना तथा सरकारको निति तथा कार्ययोजनामा राखेको भन्दै त्यसका लागि पहल गर्ने समेत स्पष्ट पार्नु भयो । ईन्धन डिपो स्थापना भए प्लेन आउन सहज हुने समेत उहाले बताउनु भयो । त्यसैगरि पुनले दाङलाई प्रदेश नम्वर ५ को राजधानि वनाउने प्रस्ताव आफनो पार्टिले गरेको भन्दै ५ नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउनु पर्नेमा जोड समेत दिनुभयो । ‾

प्रकाशित मिति : २०७४ कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया