एकै दिन तुलसीपुरमा दुइ महिलाको शव फेला,, एकको सनाखत एकको सनाखत हुँन बाँकी

 

 

तुलसीपुर, ८ कात्तिक / दाङको तुलसीपुरमा दुइ महिलाको शव फेला परेको छ । फेला परेको शव मध्य एक जनाको सनाखत भए पनि एक जनाको भने यो समाचार तयार पार्दा समम्म कुनै पहिचान खुलेको छैन् । बुधबार विहान बाहिनी चोक नजिकै व्यस्त सडकमा तुलसीपुर उप महानगरपालिका ६ डुम्रीगाउँ निबासी ६० बर्षीया रामकुमारी आचार्य श्रेष्ठको शब फेला परेको थियो । उनको अत्याधिक मदिरासेवनका कारण मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नाबय उपरिक्षक राजेन्द्रप्रसाद आर्यालले जानकारी दिए । रामकुमारीको शव प्रहरीले पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको थियो । त्यसैगरी तुलसीपुर उप महानगरपालिका ८ मायालु सामुदायिक वन समूहमा अपरिचत महिलाको शव फेला परेको छ । बुधबार वनमा गएका स्थानियले शव देखे पछि दिउसो ११ बजे प्रहरीलाई खबर गरेका थिए ।
करिब ३५÷४० बर्षको उमेर देखिने महिलाको शव नजिकै किटनासक औषधिको सिसि र सुसाइट नोट समेत फेला परेको तुलसीपुर प्रहरीले बताएको छ । सुसाइट नोटमा तुलसा, तुला, तिला र खुमबहादुरको नाम लेखेर संसारबाट टाढा हुने उल्लेख गरिएको छ । शवलाई राप्तीअंचल अस्पताल तुलसीपुरमा पोष्टमार्टमका लागि राखिएको छ । मायालु सामुदायिक वन समुहमा यस अघि पनि विभिन्न पटक शवहरु फेला पर्ने गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक ८ गते बुधवार
प्रतिक्रिया