५३ जना बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ७ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा रहेका विभिन्न विद्यालयमा अध्ययनरत ५३ जना वाढि प्रभावित विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री प्रदान गरीएको छ । सिड संस्थाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका कार्यालयको समन्वय र डिके अस्ट्रियाको सहयोगमा मंगलवार राहत वितरण गरीएको छ । वडाका आधारभुत विद्यालय बराहखुटीका १५ जना ,जनज्योति माध्यामिक विद्यालय रनियापुरमा १३ जना , प्राथमिक विद्यालय बखरियामा ४ जना र अम्वेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत २१ जना बाढि प्रभावित वालवालिकालाई शैक्षिक सामग्री प्रदान गरीएको हो ।

कुनैपनि वालवालिका शैक्षिक सामग्रीका कारण शिक्षा बाट बन्चित नहुन् भन्ने उद्देश्यका साथ केहि राहत सामग्री प्रदान गरीएको संस्थाका अध्यक्ष भागिराम चौधरीले बताउनु भएको छ । आफुहरुले विभिन्न क्षेत्रमा काम गदै आएको जानकारी दिदै शिक्षा क्षेत्रमा पनि विभिन्न कार्यक्रम सन्चालन गदै आएको बताउनु भएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले सरकारले कक्षा १२ सम्म उपमहानगरपालिकाले सन्चालन गर्न सक्ने निति निर्माण गरे संगै समग्र नगरको शिक्षा व्यवस्थापनका लागी शिक्षा योजना निर्माणका लागी आफु लागी परेको बताउनु भएको छ ।

नगर क्षेत्र भित्रका विद्यालयहरुको अध्ययन गरी शिक्षा सुधार तथा विकासका लागी योजना निर्माण गर्ने तयारी गरेको उहाले बताउनु भएको छ । सो तुलसीपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत टोपेन्द्र केसी,आधारभुत विद्यालयका प्रधानाध्यापक कालिका पौडेल,अध्यक्ष सन्जय विटालु,जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रकाश भट्टराई, अम्वेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक नुमानन्द रेग्मी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामीछाने,वडा सदस्य कमला नेपाली, कमला केसी लगाएतले वोल्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष राममती चौधरीको स्वलागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वोर्ड सदस्य लेखराज वस्नेतले कार्यक्रम वारेमा जानकारी गराउनु भएकमो थियो । कार्यक्रमको सहजीकरण संस्थाका सामाजिक परिचालक विनोद चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया