जुवाको खालबाट प्रहरी नै पक्राउ

रुपन्देही, कात्तिक ७ । रुपन्देहीमा जुवा खेलेको आरोपमा एक प्रहरीसहित ९ जना पक्राउ परेका छन् । जुवाको खालबाट ४ लाख २५ हजारभन्दा बढी नगद बरामद भएको छ ।

प्रहरीकाअनुसार वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका हुन् । देवीनगरबाट ५७ हजार र सिमानगरबाट ३ लाख ७४ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया