
तुलसीपुर,७ कार्तिक ।
लेनदेन मुद्धामा कैद तथा जरिवाना तोकिएका फरार व्यक्ति दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा तुसलीपुर उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ६० का हुम बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । उनलाई २०७३ साल कार्तिक २३ गते दाङ देउखुरी जिल्ला अदालत घोराही दाङको फैसलाले ६ महिना कैद र १ लाख ५१ हजार जरिवाना तोकेको थियो ।
फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरी टोलीले आफ्नै घर नजिक लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सोमवार तोकिएको कैद तथा जरिवाना असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालत दाङमा पठाईएको प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक ७ गते मङ्गलवार