म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु

तुलसीपुर,५ कार्तिक ।
म्यादी प्रहरी छनौटका लागी दाङमा आज देखि प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्त परिक्षा सन्चालन भैरहेको छ । जस अनुसार आज विहान ७ वजेदेखी १२ वजेसम्म दर्ता नं. १ देखी १२५० सम्मको प्रहरी वोर्डिङमा हुने भएको छ ।

त्यस्तैगरी १२ वजे देखी साँझ ५ वजेसम्म दर्ता नं. १२५१ देखी २५ सय सम्म,भोली कात्तिक ६ गते सोमवार विहान ७ वजेदेखी १२ वजेसम्म २५०१ देखी ३७५० र दिउसो १२ वजेदेखी साझ ५ वजेसम्म दर्ता नं. ३७५१ देखी ४९८५ सम्म प्रहरी वोर्डिङ घोराहीमा स्वास्थ्य परिक्षण हुने जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनु भएको छ ।

स्वास्थ्य परिक्षाको नतिजा कार्तिक ७ गते प्रकाशित गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगामी मंसीरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागी दाङमा गत असोज २४ गते देखी ३० गते सम्म आवेदन दिएका थिए ।

प्रकाशित मिति : २०७४ कार्तिक ५ गते आइतवार
प्रतिक्रिया