पटाका बिक्रिवितरण गर्ने प्रहरीको कब्जामा

दाङ, कार्तिक ४ ।
अवैध रुपमा पटाका बिक्रिवितरण गरिरहेका अवस्थामा तुलसीपुरका नन्दलाल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ उद्योग वाणीज्य संघ चोकस्थित सुमरजित केसीको घरमा डेराकोठा लिई बस्ने ४९ वर्षिय को गुप्तालाई अवैध बिष्पोटक पद्धार्थ पटाकासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पटाका बेचबिखन भइरहेको भन्ने सुचनाको आधारमा कार्यालयबाट खटिगएको प्रहरी टोलीले गुप्ताको डेराबाट ठूलै परिमाणको पटका बरामद गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ४ गते शनिवार
प्रतिक्रिया