दाङमा सात हजार सवारी साधन कारवाहीमा

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३ कार्तिक ।
दाङमा तिन महिनाको अवधिमा सात हजार भन्दा वढि सवारी साधन कारवाहीमा परेमा छन् । ट्राफिक नियमको पालना नगरी, आबश्यक कागजपत्र ,लाईसेन्स विना सवारी चलाएका सात हजार दुई सय सवारी साधनलाई कारवाहि गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्ष ०७४/०७५ को सुरुमा साउन ,भदौ र असोज गरी तिन उक्त संख्यामा सवारी कारवाहिमा परेका हुन् । जसबाट कुल ४४ लाख ३७ हजार ५ सय रुपैया राजस्व संकलन समेत गरीएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनमा २ हजार ५ वटा सवारीसाधन कारवाहिमा परेका छन् ।

जसमा बस १ सय ८०,ट्रक ३ सय ६१, जिपकार २ सय ७२ ,मोटरसाईकल १ हजार १६ ,टेक्टर १ सय ५९ र टेम्पु १७ वटा रहेका छन् । जसबाट १२ लाख ३५ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौमा कारवाहिमा पर्ने २ हजार ५ सय ९८ संख्या रहेका छन् । बस २ सय २९ , ट्रक ४ सय ४५ , जिपकार २ सय ८९ ,मोटरसाईकल १ हजार ३ सय ३५ ,टेक्टर २ सय ४६ र टेम्पु ५४ वटा कारवाहिमा परेका छन् ।

जसबाट १६ लाख ४५ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख ओम प्रकास वाग्लेले जानकारी दिनु भएको छ ।
कार्यालयका अनुसार असोजमा २ हजार ६ सय सवारी कारवाहिमा परेका छन् । जसमा बस २ सय २३, ट्रक ४ सय ७३,जिपकार ३ सय ३९ , मोटरसाईकल १ हजार १ सय ७१ ,टेक्टर ३ सय १५ र टेम्पु ६९ कारवाहिमा परेका छन् ।

जसबाट १५ लाख ५७ हजार ५ सय राजस्व संकलन गरीएको प्रमुख वाग्लेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया