दाङ, ३ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले वृद्धवृद्धालाई सहयोग गर्नुभएको छ । नेपालीहरुको महान पर्व तिहार मनामउन घरमा खानको लागि चामल नभएको थाहा पाएपछि सदस्य दिपक कुमाल तिहार मनाउन सहज होस भनि २ जना वृद्धवृद्धालाई घरमै पुगेर चामल सहयोग गर्नुभएको छ ।
तुलसीपुर उपहानगरपालिका वडा नं १८ निवासी ८५ वर्षिय जरसिङ घर्तीको परिवारलाई २ वोरा चामल आफ्नै निजी खर्चमा सहयोग गरेको उहाँले बताउनुभयो । तिहार जस्तो महान पर्वमा घरमा खाना पकाउन चामल समेत अभाव भएकोमा यसरी सहयोग गरेकोमा खुसी हुदै घर्ती परिवारले धन्यवाद समेत दिएको थियो ।
साथै एक महिना देखि बिरामी भएको बताउने परिवारले आफनो औषधिउपचारका लागि पहल गरिदिन माग समेत गरेका थिए । उनीहरुको मागलाई तिहार लगत्तै सम्वोधन हुने गरी आफुले पहल गर्ने सदस्य कुमालले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक ३ गते शुक्रवार