तुलसीपुरमा पटका आतंक, प्रहरी बेखबर

तुलसीपुर,

तुलसीपुरमा पटका आतंका बढेको छ । प्रहरीले पटका, आतासवाजी जस्ता विष्पोटका पदार्थको नियन्त्रण गरेको दाबी गरेपनि ठूलो आवजामा विष्पोट गराईने पटकाले नागरिक आतंकित बनेका छन् । पटका, सबै भन्दा बढी बजारमा पट्काइने गरिएको छ । प्रहरीको विट रहेको वरपर नै पटका पट्काईने गरिएको छ । प्रहरी भने बेखबर र सुने पनि नसुने झैं गरेर बसेको छ । पटकालाई शान्ति सुरक्षमा खलल पु¥याउने कारणका रुपमा पनि लिएको छ । तिहार आउनु केहि दिन अघि देखि नै प्रहरीले पटका जन्य वस्तुको विक्रिवितरणमा रोक लगाएको भन्दै हल्ला खल्ला गरेपनि प्रहरीको यो दाबीलाई नागरिकले पत्याउन छोडेका छन् । यता प्रहरीले बजारका विभिन्न स्थानमा पटका पट्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पटका पड्कीएको स्थानमा प्रहरीलाई परिचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक २ गते बिहिवार
प्रतिक्रिया