एक घर एक धाराको अभियानलाई तिव्रता दिने

तुलसीपुर, २ कात्तिक
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक घर एक धाराको अभियानलाई तिव्रता दिने बताएको छ । बुधबार पदभार ग्रहण गदैै नवनिर्वाचित पदाधिकारीहरुले अझै पनि कयौं उपभोक्ताको घरमा धारा पु¥याउन नसकिएको भन्दै आगामी बर्ष सम्म अधिकांस घरमा धारा पु¥याउने बताए । संस्थाले शुद्ध पिउने पानीका लागि पानी पोखरीमा नै फिल्टरको व्यवस्था गर्ने समेत तयारी गरेको बताएको छ ।

पदभारग्रहण कार्यक्रमा निर्वाचन समितिका संयोजक रामशरण चौंधरीले नव निर्वाचित पदाधिकारीलाई सफथ गराउनु भएको थियो ।
सो अवसरमा अध्यक्ष चन्द्रकान्त खरेल, उपाध्यक्ष पुष्करा वली, सचिव दशरथ वली, कोषाध्यक्ष जितबहादुर खड्का, तारा सापकोटा लगाएतले उपभोक्ताले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संचालन बिरबल वलीले गर्नु भएको थियो । यसैविच पदभारग्रहण पछि बसेको कार्यसमिति बैठकले निर्वाचनमा सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २ गते बिहिवार
प्रतिक्रिया