माओवादीले सरकार छाड्दै

काठमाडौं– सत्तारुढ माओवादी केन्द्र आज सरकारबाट बाहिरिने सम्भावना छ । यस विषयमा औपचारिक निर्णयका लागि प्रचण्डले बामगठबन्धनका नेताहरुसँग परामर्श शुरु गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दवाव दिएपछि माओवादीले सरकारबाट बाहिरने मनस्थिति बनाएको हो । प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज नै सरकार छाड्न दवाव दिएपछि प्रचण्डले परामर्श थालेका हुन् । स्रोतका अनुसार माओवादी सरकार छाड्ने तयारीमा छ ।
माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले आज पत्रकार सम्मेलन बोलाएका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले  पत्रकार सम्मेलन बोलाए लगत्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउँसो २ बजे नै पत्रकार सम्मेलन बोलाएका छन् ।

एकै दिन माओवादीका दुई मन्त्रीको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ, जहाँ मन्त्रीहरुले सरकारबाट बाहिरिएको विषयमा विफ्रिङ गर्ने छन् । रातोपाटी

प्रकाशित मिति : २०७४ असोज ३१ गते मङ्गलवार
प्रतिक्रिया