म्यादी प्रहरी बन्न दाङमा पाँच हजारले फाराम भरे

तुलसीपुर,३१ असोज ।
जिल्ला प्रहरी कार्यालय दाङमा झण्डै पाँच हजारले म्यादी प्रहरीका लागि फारम बुझाएका छन् । असोज २४ गतेदेखि हिजो अन्तीम दिन सम्म गरी ४ हजार ९ सय ८५ जनाले म्यादी प्रहरी हुनका लागि फारम बुझाएका हुन् । फारम भरेकाहरुको छनौट प्रक्रिया कार्तिक ५ गते देखि चल्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभएको छ ।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागी देशभर ९८ हजार बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७४ असोज ३१ गते मङ्गलवार
प्रतिक्रिया