आज काग तिहार कागको पुजा गरि मनाइदै

काठमाण्डौं,३१ असोज ।

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशी, यमपञ्चक आरम्भ एंव काग तिहार कागको पुजा गरि मनाउने परम्परा रहेको छ ।

हिन्दु परम्परा अनुसार आज कागको पुजा नगरी खाएमा पाप लाग्छ भन्ने बिश्वास रहेको हुदा आज देशभरी कागको पुजा गरी काग तिहार मनाइदै छ । यसै गरी कार्तिक १ गते भोलि कुकुर तिहार, २ गते गाइ तिहार तथा लक्ष्मी पुजा, ३ गते गोबर्धन पुजा, नेपाल संबत् ११३८ प्रारम्भ तथा महः पुजा रहेको र ४ गते शनिबार भाई टिका परेको छ ।

प्रकाशित मिति : २०७४ असोज ३१ गते मङ्गलवार
प्रतिक्रिया