अमृतपुर खानेपानीको अध्यक्षमा खरेल विजयी

तुलसीपुर,३० असोज ।

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा लोकतान्त्रकि प्यानलका चन्द्रकान्त खरेल विजयी हुनुभएको छ । खरेलले ४ सय २५ मत ल्याई विजयी हुनुभएको निर्वाचन समितिका सदस्य सेर बहादुर केसीले जानकारी दिनु भएको छ । उहाका प्रतिस्पर्धिहरु संयूक्त प्यानलका मुकुन्द काफ्लेले ३ सय ४५ र नेकपाको प्यानल बाट मेघराज पाण्डले १ सय ५८ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा संयुक्त प्यानलबाट पुस्करा वली ३ सय ५९ मत ल्याई विजयी हुनुभएको छ । लोकतान्त्रीकका अमर बहादुर बुढाथोकीले ३ सय ४१ र नेकपाका नुम बहादुर केसीले १ सय ५० मत ल्याउनुभएको छ । सचिबमा लोकतान्त्रीक प्यानलका दशरथ वली ४ सय ६ मतका साथ विजयी हुनुभएको छ । संयूक्तका लिलाधर खरेलले ३ सय ४६ मत पाउनुभएको समितिका सदस्य केसीले बताउनुभएको छ । यस्तै सह सचिबमा लोकतान्त्रीकका तारा कुमारी सापकोटा ३ सय ८० मतका साथ विजयी हुनुभएको छ ।

सयुक्त प्यानलकि गोमा बुढाथोकिले ३ सय १ मत पाउनुभएको थियो । यसैगरी कोषाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार जित बहादुर खड्काले २ सय ६८ मतका साथ विजयी हुनुभएको छ । चार सदस्यको लागी भएको निर्वाचनमा लोकतान्त्रीक प्यानल बाट दुई र संयूक्त प्यानलबाट दुई सदस्य विजयी भएको छन ।

महिला सदस्यमा संयूक्त प्यानल बाट तारा कुमारी विक २ सय ९५ र लोकतान्त्रीक बाट अमृता शर्मा ३ सय ८२ मत ल्याई विजयी हुनुभएको छ । यस्तै पुरुष सदस्यमा लोकतान्त्रीकका नर बहादुर वली ३ सय ३५ र संयुक्तका प्रकाश वि ३ सय ३२ मत ल्याई विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वका लागी हिजो त्यहा मतदान सम्पन्न भएको छ । तुलसीपुर वडा नं. ३,८ र ९ का गरी कुल १ हजार २ सय ७ उपभोक्ता रहेकोमा १ हजार १६ मत खसेको र ८८ मत बदर भएकोे सदस्य केसीले जानकारी दिनु भएको छ ।
आगामी तिन वर्षे कार्यकालको नेतृत्वका लागी छुट्टाछुट्टै प्यानल बनाएर तिन समुह चुनावी मैदानमा उत्रिएको थियो । चुनावी मैदानमा नेपाली काग्रेसको तर्फबाट चन्द्रकान्त खरेल नेतृत्वको प्यानल, नेकपा एमाले माओवादी केन्द्र र राष्टिय जनमोर्चाको सयुक्त बाम प्यानलबाट मुकुन्द काफले र नेपाल कम्युनिष्ट पार्टीबाट मेघराज पाण्डे नेतृत्वको प्यानल रहेको थिया ।।

 

प्रकाशित मिति : २०७४ असोज ३० गते सोमवार
प्रतिक्रिया