करेण्ट लागेर शान्तीनगरमा एक जनाको ज्यान गयो

बसन्त परियार,२९ असोज ।
करेण्ट लागेर दाङमा एक जनाको ज्यान गएको छ । पश्चिम शान्तीनगर गाउपालीका ५ काशिपुर निवासि ३० बर्षिय दिल बहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागी होल्डर बनाउने क्रममा आज साझ साढे ५ बजे तिर करेण्ट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

करेण्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागी अञ्चल अस्पताल ल्याउदै गर्दा उनको बाटोमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असोज २९ गते आइतवार
प्रतिक्रिया