तुलसीपुर,२९ असोज ।
टेक्टर दुर्घटनामा परी दाङमा एक बालकको ज्यान गएको छ । गढवा गाउपालिका १ जरौनीमा रोकिराखेको लु ३ त ३४९८ नम्वरको टे«क्टर दुर्घटना हुदा १३ वर्षिय बालक विश्वास अधिकारीको ज्यान गएको प्रहरी जनाएको छ ।
विश्वासका बाबु टेक्टर चालक रहेको र टेक्टर रोकिराखेको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिहले जानकारी दिनुभयो । घाइते अधिकारीलाई बुटवलमा उपचार गराउँदै गर्दा मृत्यु भएको सिहको भनाई छ ।
बच्चाले आफै चलाएको की अरुले चलाएर दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७४ असोज २९ गते आइतवार