एमाले र चुरेभावर राष्ट्रिय एकता पार्टीबिच एकता हुँदै

काठमाडौं, २८ असोज ।

एमालेले चुरेभावर राष्ट्रिय एकता पार्टीसँग शनिबार पार्टी एकता गर्दैछ । दिउँसो साढे १२ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिने एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । दुवै दलबिच यसअघि नै पार्टी एकता गर्ने सहमति भइसकेको छ ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टी एकीकरणको तयारी गरेका छन् । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहभागी हुने विषयमा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा र राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले दुई पार्टी एकीकरणका लागि छलफललाई तीब्रता दिएका हुन् ।

तर राप्रपा राष्ट्रवादीले हिन्दु राष्ट्रका बारेमा राप्रपा ९प्रजातान्त्रिक० प्रष्ट हुनुपर्ने अडान राखेपछि दल एकताले मूर्त रुप लिन नसकेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४ असोज २८ गते शनिवार
प्रतिक्रिया