संविधान कार्यान्वयनमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ ः न्यायधिस गौतम

तुलसीपुर, २७ असोज

उच्च अदालत तुलसीपुरका निमित्त प्रमुख तथा न्यायधिश श्रीमन कुमार गौतमले संविधान कार्यान्वयनमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।  ५ नं. प्रदेश कार्यालयले आयोजना गरेको ६२ औं प्रहरी दिवसलाई सम्बोन्धन गर्दै गौतमले मंसीरमा हुने प्रदेश र संघको निर्वाचनलाई सम्पन्न गराउन प्रहरीको भूमिका महत्व पूर्ण हने बताउनुभयो ।
‘स्थानीय तहको निर्वाचन भइसक्यो अब प्रदेश र संघको निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउनुभयो भने संविधान पूर्ण कार्यान्वयनको बाटोमा अघि बढ्छ’, न्यायधिस गौतमले भन्नुभयो ।
अप्रयाप्त श्रोत र साधनका बाबुजुत पनि प्रहरी देश र जनताको सुरक्षामा रातदिन खटेर आफनो कर्तव्य निर्भाह गरिहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । जस्तो सुकै प्राकृतिक प्रकोप, आपत, बिपतलगायत सम्पुर्ण क्रियाकलापमा सक्रिय प्रहरीले अझै सेवालाई अझै प्रभाबकारी रुपमा लैजानुपर्ने बताउनुभयो ।

 

संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दिलीप कुमार चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दले प्रहरी महानिरिक्षक प्रकाश अर्यालको सन्देश पढेर सुनाउनुभएको थियो ।

साथै कार्यक्रममा अमर प्रहरी परीवार संघका केन्द्रीय अध्यक्ष नबराज श्रेष्ठ, अमर प्रहरी परीवार संघ दाङकी उपाध्यक्ष निर्मला थापा, पूर्ब प्रहरी संगठनका जिल्ला अध्यक्ष रोबर बहादुर बस्नेतलगायतले मन्तब्य ब्यक्त राखेका थिए । प्रदेश प्रहरी प्रमुख एआईजी मिङमारा लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

सो अवसरमा कार्यक्रमा द्धन्दकाल लगाएत बिभीन्न घटनामा परेर ज्यान गुमाएका अमर प्रहरी प्रती पुस्पगुच्छा अर्पण गर्दै श्रद्धान्जली एवम् सम्मान ब्यक्त गरिएको थियो । दिवसका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु, बिभीन्न खेलकुद प्रतीयोगीतामा उत्कृष्ट स्थान ल्याउन सफल खेलाडीहरु पुरस्कृत गरिएको थियो ।
जसमा व्याटमिन्टन खुल्ला तर्फ भरत चन्द र तेजवहादुर चौधरीको जोडी प्रथम भएका छन भने व्याडमिन्टन भेट्रान तर्फ ५० वर्ष माथीका अनुप कुमार श्रेष्ठ र इन्द्र योगीको जोडी प्रथम भएको छ । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक सुर्यबहादुर थापाले गर्नुभएको थियो ।

एआईजि कार्यालयको शुक्रबार उद्घाटन

प्रदेश नं ५ का प्रहरी प्रमुख एआईजि कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । मिङमार लामाले भबनको उद्घाटन गरेका हुन् । एआईजी मिङमार लामाको निवास र कार्यालय सञ्चालनका लागि एउटा नीजि भवन मासिक एक लाख २० हजार भाडामा लिइएको एआईजी लामाले बताए । तुलसीपुर–सितलपुर सडक अखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा स्टार चोक स्थित एकजना व्यक्तिको घर एआईजी लामाका लागि उक्त भाडादरमा लिइएको हो । अहिले उक्त घरमा एआईजी लामा सहित २०÷२५ जना प्रहरी जवानहरु पनि बस्ने छन् । उनले आफ्नो निवासको मासिक खर्च ५५ हजार र कार्यालयको मासिक खर्च ६५ हजार समेत गरि मासिक एकलाख २० हजार भाडा निर्धारण भएको बताए ।

 

प्रकाशित मिति : २०७४ असोज २७ गते शुक्रवार
प्रतिक्रिया