करेण्ट लागेर छ महिनामा छ जनाको मृत्यु

यमकला भुषाल,तुलसीपुर २५ असोज ।
दाङ्मा ६ महिनाको अवधिमा करेन्ट लागेर ६ जनाले अकालमा ज्यान गुमाएका छन । गएको बैशाख देखी अशोज २४ गते सम्मको तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ज्यान गुमाउनेमा ५ जना पुरुष र एक महिला रहेका छन ।

जसमध्ये गढवामा २ जना पुरुष,लमहिमा १ जना महिला, घोराहीमा १ पुरुष र तुलसीपुरमा २ जना पुरुष रहेका छन । ज्यान गुमाउनुको मुख्य कारण मानिसहरुको लापरवाही र विद्युत प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङले निष्कर्र्श निकालेको छ ।

प्रकाशित मिति : २०७४ असोज २५ गते बुधवार
प्रतिक्रिया