तुलसीपुर , असार २४ ।
दाङमा मानसिक स्वास्थ्यको अवस्था सुधारिदै गएको तुलसीपुरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले वताउनु भएको छ । मानसिक स्वास्थ्यका कारण व्यक्तिसँगै परिवार र समाजले धेरै क्षति वेहोर्नुपरेको वताउदै उनीहरुले निको हुने रोग पालेर वस्ने परिपाटीको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । २५ औ विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताउनु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका उप मेयर माया आचार्यको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोखेलको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि आचार्यले मानसिक समस्याको समाधान गर्नका लागि उपमहानगरले विशेष कार्यक्रम ल्याउने वताउनु भएको थियो । उहाँले मानसिक रोग लागेर कोही मान्छेले पनि जीवन वर्वाद गर्न नपरोस् भन्नका लागि आफु कटिवद्ध रहेको पनि वताउनु भएको थियो । लाज मानेर रोग लुकाउदा त्यसले भविष्यमा गम्भिर असर पर्ने पनि उहाँले वताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, तुलसीपुर उपमहानगरपालिका र यातना पिडित सरोकार केन्द्र सिभिक्टले संयुक्तरुपमा आयोजना गरेको एकदिने अन्तक्र्रिया कार्यक्रममा बोल्दै सिभिक्टका कार्यकारी अधिकृत फणीन्द्र अधिकारीले मानसिक स्वास्थ्यका विरामीहरु खुलेर नआउने भएकाले उपचारमा समस्या हुने गरेको वताउनु भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य उपसंयोजक वसन्त आचार्यले सामान्य खालको विरामीलाई मनोविमर्श सेवा दिनुका साथै अन्यलाई औषधि उपचार गरिरहेको वताउनु भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखे्रलले दाङमा स्वास्थ्यकर्मीहरुले मानसिक स्वास्थ्य सम्वन्धि तालिम गैरसरकारी संस्थाबाट लिनुपर्ने अवस्थगा रहेको वताउनु भएको थियो । मानसिक रोगीकास लागि निशुल्क औषधिको व्यवस्था गरेपनि उनीहरुले पाउन नसकेको अवस्था रहेको पनि उहाँले वताउनु भयो । उहाँले उच्च मनोकांक्षा र तनावलाई व्यवस्थित गर्न नसक्दा मानसिक रोगीहरु वढ्दै गएको वताउनु भएको थियो ।
जिल्ला जनस्वास्थ्य निरिक्षक ओम पि न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वोल्दै जिल्ला महिला तथा वालवालिका कार्यालय प्रमुख विश्वमणी जोशीले आर्थिक वेरोजगारी र सचेतनाको कमीले गर्दा मानसिक रोगीहरुको संख्या वढ्दै गएको वताउनु भएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद् विनोद पौडेल , बालमितेरी मावि भोजपुरका प्रधानाध्यापक बलदेव आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तुलसीपुर उपमहानगरका स्वास्थ्य उपसंयोजक विष्णु गिरीले गर्नुभएको थियो ।