तिहारको चहल पहल बढ्यो

शोभा रावत, तुलसीपुर २४ असोज ।

दशैं सकिएसंगै दाङमा तिहारको चहल पहल वढन थालेको छ । जिल्लाका बजारहरुमा तिहारका लागि आवस्यक सामग्रि किन्ने घुईचो लाग्ने गरेको छ । बजारमा सामान किन्नेहरुको भिड लाग्ने गरेको देख्न सकीन्छ । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर लगायतका बजारहरुमा तिहारका सामाग्रीले झकिझकाउ हुने गरेका छन् ।

व्यबपारीहरुले पनि आफनो व्यस्तता बढ्न् थालेको बताएका छन् । वजारमा तिहारको टिकाका लागि आबश्यक पर्ने सामग्री, तिहारमा परिकार बनाउनका लागि आबश्यक पर्ने सामाग्री भित्रिएको दाङका ब्यापारीहरुले बताएका छन् ।
पहिले यायातको साधनको पहुच कम हुने हुँदा गाउका मानिसहरु तिहार आउनु भन्दा महिनौ अघि पसलमा आउने गरेपनि हिजो आज यातायातको सहज पहुँच हुँदा तिहारको नजिकमा आउने गरेको तुलसीपुरका व्यापारी अमन अन्सारीले बताउनुभयो ।
साथै तिहार नजिकिएसंगै दाङबाट भित्रिने र बाहिरीने यात्रुबहाक सवारी साधनमा पनि भरिभराउने हुने गरेका छन् । साथै बिभिन्न कामका लागि दाङ भन्दा बाहिर गएकाहरु पनि तिहार मान्न घर फर्कन थालेका छन् । जसले गर्दा दाङका बजारहरुमा चहल पहल बढेको छ ।

प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार
प्रतिक्रिया