निर्माण व्यवसायी गौचनको गोली हानी हत्या

काठमाडौ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा गोली हानी हत्या गरिएको छ । गोली प्रहार लगत्तै मिनभवनस्थित सिभिल अस्पतालमा पुरयाइएका गौचनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन । डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् ।
द्दण्ण्हद्दण्ण्
गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।   घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो । सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मोटरसाइकलमा आएका आक्रमणकारी आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । सवारी साधनका चालक भने सुरक्षित छन् ।

प्रकाशित मिति : २०७४ असोज २३ गते सोमवार
प्रतिक्रिया