समाज परिर्वतनमा रेडीयोको भुमिका अग्रणी : शर्मा

तुलसीपुर,२२ असोज ।
दाङको तुलसीपुरबाट प्रशारण हुँदै आएको सामूदायिक रेडीयो प्रकृति एफएम ९३.४ मेगाहर्ज आज देखि आठौ बर्षमा प्रबेश गरेको छ । रेडीयोको सातौ बार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल प्रेस काउन्सील नेपालका पुर्व अध्यक्ष नारायण प्रसाद शर्माले संचार माध्यम आवाज बिहीनको आवाज बन्नु पर्नेमा जोड दिनुभयो ।

पछील्लो समय पत्रकारहरु पार्टीको राजनीतीमा सक्रिय बनेकोमा चिन्ता प्रकट गर्दै उहाँले पत्रकार पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत हुन नहुने बताउनुभयो । पत्रकारहरु पार्टीको राजनीतीमा पनि सक्रिय हुँदा संचार माध्यम साझा बन्न नसक्ने उहाँको भनाई छ । उहाँले समाज परिर्वतनका लागी रेडीयो प्रकृतीले निर्वाह गरेको भूमिकाको प्रशँसा समेत गर्नुभएको थियो ।

बिशिष्ट अतिथी  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सामूदायिक रेडीयो सामूदायको बन्नसक्नुपर्ने बताउनुभयो । उहाँले सामूदायिक रेडीयोको संरक्षण र प्रवद्धन गर्न आफूले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

 बिशिष्ट अतिथी सामूदायिक रेडीयो प्रशारकसंघ अकोराबका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले समाज बदल्न सामूदायिक रेडीयाको भूमीका अग्रणी निर्वाह गर्ने र त्यसका लागि रेडीयो प्रकृतीले निर्वाह गरेको भूमीका प्रशंसनिय रहेको बताउनुभयो ।

नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले संचार माध्यमले सबैखाले बिभेदका बिरुद्ध खबरदारी गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उलसीपुर उद्योग बाणीज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले वन र वातावरण संरक्षणमा प्रकृती एफमले उल्लेखनिय भूमीका निर्वाह गरेको बताउनुभयो ।

रेडीयो प्रकृती सञ्चालक समितिका अध्यक्ष खगेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्तममा रेडियोका प्राविधिक प्रमख माधव कडेल,लेखापाल सितला विष्ट,उत्कृष्ट कार्यक्रम सन्चालक तुफानवावु श्रेष्ठ,विस्मात केसी, राजन लामीछाने लाई सम्मान गरिएको थियो । त्यसैगरी ठुलाचौर सामुदायिक वन समुह र तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाललाई पनि सम्मान गरीएको थियो । कार्यक्रमा उत्कृट बिज्ञापनदाता स्र्वगद्धारी डेन्टल किल्नीक,सांग्रीला प्लाई उद्योग र ज्योती मेडीकल हललाई पनि सम्मान गरिएको थियो ।

संचालक समितीका सदस्य सेवकराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संघीय प्रहरी इकाईका निमित्त प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरी,नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियाशन,तुलसीपुर सेक्टर वनका ध्रुब गौतम,नेपाल यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेस हमाल,गोरखा माविका प्रिन्सीपल बिजय जिएम,लगाएतकाले रेडीयोलाई शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजिकरण सचिब राम प्रसाद चालीसे र स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नुभएको थियो ।

साथै वार्षिक उत्सवका अवसरमा आज विहान रेडियोको रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ‘रेडियो प्रकृति’ नेपालकै पहिलो वातावरण मैत्री एफएमका रुपमा २०६७ असोज २२ गते अर्थात आजकै दिन तुलसीपुरमा स्थापना भएको थियो । रेडियोले स्थापनाकाल देखि वन,वातावण र प्रकृति संरक्षणका मुद्दालाई रेडियोले मुख्य प्राथमिकता दिदै आएको छ ।

 

प्रकाशित मिति : २०७४ असोज २२ गते आइतवार
प्रतिक्रिया