दाङबाट बाहिरिने सवारी साधनमा सीट पाउनै मुस्कील

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २१ असोज ।
दशै सकिए लगत्तै दाङबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ । दशै मान्न घर आएकाहरु दशै सकिएपछि फेरी आफ्नो काममा जान थालेका छन् । जसका कारण सवारी साधनमा सीट पाउनै मुस्कील छ । यातायात व्यवसायीहरुका अनुसार जिल्ला बाहिर जाने सवारी सधानहरु दैनिक भरिभराउ छन् ।

अग्रीम टिकट बुक नगरे सीट पाउने सम्भावना नै छैन् । यातायात व्यवसायीहरुका अनुसार दाङबाट दैनिक करिब एकहजार जना यात्रु काठमाण्डौ मात्रै जाने गरेका छन् । राप्ती सार्वजनिक यातायात वस व्यवसायी समितिले तुलसीपुर हुदै काठमाडौ लगाएतका जिल्लामा जाने सवारी साधनमा यात्रुहरुको दैनिक भिड लाग्ने गरेको जनाएको छ ।

सवैभन्दा वढि काठमाडौ ,सल्यान रुकुम र नेपालगन्ज जाने यात्रुहरुको वढि चाप हुने गरेको समितिका सहकोषाध्यक्ष प्रितम कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समिति तुलसीपुर र घोराहीबाट दैनिक काठमाडौका लागी रात्री र दिवा गरेर २१ वटा वस संचालन गर्दै आएको छ ।

श्रेष्ठका अनुसार नर्मल,डिलक्स र एसी गरी तुलसीपुरबाट काठमाडौका लागी दैनिक १५ वटा र घोराहीबाट ६ वटा वस छुट्ने गरेका छन् । तुलसीपुर देखी काठमाडौ जाने यात्रुहरुको चाप दैनिक बढ्दै गएपनि काठमाडौ देखी तुलसीपुर आउने यात्रुहरुको चाप भने कम भएको उहाँको भनाई छ । काठमाडौ लगाएत अन्य जिल्लामा जाने यात्रुहरुको चाप पनि धेरै भएको उहाँले बताउनु भएको छ ।

यस्तै तुलसीपुर जिप तथा मिनि माईक्रोबस वस व्यवसायी समितिले रात्री र दिवा गरी दैनिक काठमाडौका लागी ५ वटा वस सन्चालनमा ल्याएकोे छ । अम्विकेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी समितिले दैनिक काठमाडौका लागी ३ वटा हाईस गाडी सन्चालनमा ल्याएको बताएको छ । मालिका कालिका यातायात प्रालिले तुलसीपुर देखी काठमाडौका लागी दैनिक ३ वटा डिलक्स वस सन्चालन ल्याएको छ ।

दैनिक सन्चालनमा आएका वसहरुमा यात्रुहरुको चाप वढि रहेको अध्यक्ष अरुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै यातायात व्यवसायीहरुले अन्य जिल्लामा जाने यात्रुहरुको चाप उत्तिकै हुने गरेको बताएका छन् । जिल्ला वाहिर जाने सल्यान ,रुकुम,नेपालगन्ज,बुटवल,पोखरा लगाएतका जिल्लामा यात्रुहरुको संख्यामा पनि बृद्धि हुने गरेको सम्वन्धित समितिका डायल ईन्चार्जहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४ असोज २१ गते शनिवार
प्रतिक्रिया