नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । उनी एमाले प्रवेश गरेपनि उनको राजिनामा भने स्वीकृत भइसकेको छैन । पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।

प्रकाशित मिति : २०७४ असोज २० गते शुक्रवार
प्रतिक्रिया