करेण्ट लागेर दाङमा एक जनाको मृत्यु

तुलसीपुर,२० असोज ।
करेण्ट लाग्दा दाङमा एक जनाको ज्यान गएको छ । तुलसीपुर १८ ग्वारखोलामा करेण्ट लगाई माछा मार्न खोज्दा सोहि निवासि बर्ष ५३ का चित्र बहादुर नेपालीको ज्यान गएको हो ।

गयराती करेण्ट लागेको उपचारका लागी अञ्चल अस्पताल तुलसीपुरमा ल्याउदा डाक्टरले मृत घोषणा गरेको अस्पतालको डिउटिमा रहनुभएको प्रहरी जवान निराकारण श्रेष्ठले जानकारी दिनुभयो । शवको पोष्टमार्टम हुन वाँकि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असोज २० गते शुक्रवार
प्रतिक्रिया