एमालेले संघ र प्रदेशका लागि सिफारिस गरेका उमेदवारको सूचि हेर्नुहोस ।

ओपेन्द्र बस्नेत
तुलसीपुर, १८ असोज / नेकपा एमालेका क्षेत्रीय कमिटीले संघ र प्रदेशका उमेदवारको छनौट गरेका छन् । संघको एक देखि ३ र प्रदेशको एक देखि ६ सम्मका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली तयार पारेर जिल्लामा सिफारिस गरिएको क्षेत्रीय कमिटीहरुले जानकारी दिएका छन् । एक नम्बर क्षेत्रबाट संघमा प्रत्यक्ष तर्फ नारायाण डिसी, मेटमणी चौंधरी सुशिला शर्मा रहनुभएको छ भने समानुपातिकमा सरस्वती गौतम र गणेस चौधरीलाई सिफारिस गरिएको संयोजक मिना गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशको प्रत्यक्ष तर्फ १ ‘क’ मा रामप्रसाद गैरै, सुर्य प्रकाश शर्मा, किरण भण्डारी, मधा न्यौपाने, हरी वेलबासे र शोभाकर भुसाल रहनुभएको छ भने समानुपतिक तर्फ सीता यादव, वृहस्पती श्रेष्ठ, चिमा अधिकारी, चन्चला चौधरी , कमला आचार्य , कमलापति चौधरी, मोहन सिङ बुढा, मता केसी, इन्दीरा चौंधरी र गोविन्द विकलाई सिफारिस गरिएको छ ।  त्यस्तै १ ‘ख’ मा प्रदेशको प्रत्यक्षतर्फ रतन कुमार केसी, रेवतीरमण शर्मा सिता चौंधरी रहनुभएको छ भने समानुपातिक तर्फ डिल्ली बहादुर खड्का, सिल्पा चौंधरी, झुपनारायण चौधरी, तिलक बहादुर केसी, विष्णु पौडेल, सुर्यराज गौतम, वेदनिधी धिताल, शोभा घिमिरे, गौरब सिङ महरा, गोपाल विक, सहित सात जनालाई सिफारिस गरिएको छ ।
यता क्षेत्र नम्बर २ मा संघको प्रत्यक्ष तर्फ शंकर पोख्रेललाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शान्ता चौंधरी, महेश चौधरी र गिरीराज केसीलाई सिफारिस गरिएको छ ।  त्यसैगरी २ ‘क’ मा प्रदेशको प्रत्यक्ष तर्फ बली राना, हुमा डिसी रहनु भएको छ भने समानुपातिक तर्फ लक्ष्मी थापा, सम्भु गौतम, हेमराज पुन र लक्ष्मण आचार्यलाई सिफारिस गरिएको क्षेत्र नं ३ का संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो ।
त्यस्तै २ ‘ख’ मा प्रदेशको प्रत्यक्ष तर्फ अम्मर डाँगी, तुलसा केसी र टीकाराम खड्का रहनुभएको छ भने समानुपातिकतर्फ हिरा पुन, देवराज विश्वकर्मालाई सिफारिस गरिएको छ ।  त्यसैगरी क्षेत्र नम्बर ३ मा संघको प्रत्यक्षमा युवराज ज्ञावली, हिराचन्द्र केसी, सारदा स्वर्णकार, र कोमल वली रहनुभएको छ भने समानुपातिक तर्फ डम्बर वली, नारायण आचार्य र धमकली चौंधरीलाई सिफारिस गरिएको छ । ३ ‘क’मा प्रर्देशको प्रत्यक्ष तर्फ नेत्रमणी लामीछाने, कृष्ण भुसाल, अनारकली मिया हुकुम बस्नेत, जोगबहादुर राना र लोकमणी आचार्य रहनुभएको छ भने समानुपातिक तर्फ कोमल वली, रेखा शर्मा, मंगल चौधरी प्रेमबक्स मिया, कृष्णगोपाल गुप्तालाई सिफारिस गरिएको क्षेत्र नं ३ का संयोजक उत्तरकुमार वलीले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेशको प्रत्यक्ष तर्फ ३ ‘ख’मा उत्तरकुमार वली रहनु भएको छ भने समानुपातिक तर्फ जोगराज गिरी, सिमा न्यौपाने, अमृत गौतम, सारदा शाह, यमएन शाह र तीलक केसीलाई सिफारिस गरिएको छ ।  क्षेत्रीय कमिटीले भोली (२०७४/६/१९ गते ) जिल्ला पार्टी कार्यालयमा सुझाव सहित सिफारिस गरिएका नामावलीको सूचि पेश गर्ने क्षेत्रीय संयोजकहरुले जानकारी दिएका छन् । क्षेत्रीय कमिटीबाट आएका नामावलीको पनि छनौट गरेर प्रदेशसमा सिफारिस गर्ने एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७४ असोज १८ गते बुधवार
प्रतिक्रिया