बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने !

 १७ असोज, काठमाडौं । नयाँ शक्ति पार्टी एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा सहभागी भएको छ । साथै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।
मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०७४ असोज १७ गते मङ्गलवार
प्रतिक्रिया