कुचो लिएर तुलसीपुरका सडक बढार्दै नेता पोख्रेल

तुलसीपुर, असोज २५

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सरसफाई हाम्रो सभ्यता हुुनुपर्ने वताउनु भएको छ । सरसफाईप्रति हरेक नागरिक जागरुक भए मात्रै तुलसीपुर उपमहानगर हराभरा र सुन्दर हुने पनि उहाँले वताउनुभएको छ । पुर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेका पोख्रेलले तुलसीपुरको सरसफाई अभियानबाट आफु निकै प्रभावित भएको वताउदै हरेकले उपहार दिदा वोट विरुवा उपहार दिने प्रचलनको विकास गर्नु आवश्यक भएको समेत वताउनु भयो । तुलसीपुर उपमहानगरलाई सफा र हराभरा वनाउने लक्ष्यका साथमा सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ५९ औ श्रृखलामा सहभागि हुने क्रममा उहाँले सो कुरा वताउनुभएको हो ।
पुर्व सभासद एवम् माओवादी केन्द्रका नेता कुवेर वलीले नगर सफाइ अभियानलाई हरेक वडामा पु¥याउनका लागि उपमहानगरले विशेष चासो दिनुपर्ने वताउनु भयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले फोहोरलाई मोहोर वनाउनका लागि आफुले कार्ययोजना वनाइरहेको वताउदै नगर सफा र हराभरा राख्नु हरेक नागरिकको् दायित्व भएको समेत वताउनुभएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, राजन रायमाझी लगायतका वोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरणल सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो । तुलसीपुरको विरेन्द्र चोकबाट सुरु भएको सरसफाई कार्यक्रम वाहिनी चोकमा पुगेर समापन भएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ असोज १७ गते मङ्गलवार
प्रतिक्रिया