सल्यानमा छोराले गरे बाबुको हत्या

दुर्गा वि.सी.,सल्लीबजार १७ असोज ।
सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बाबुले काम नगरेको भन्दै हिजो गाली गर्दैगर्दा दाउराले हान्दा गम्भीर घाइते भएका बाबु कमारोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपी यरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ, उनको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले जनाएका छन् ।

 

प्रकाशित मिति : २०७४ असोज १७ गते मङ्गलवार
प्रतिक्रिया