तुलसीपुर,१७ असोज । पश्चिम दाङको भमके खोलामा बाटो ढुकेर यात्रुलाई लुटपाट गर्न खाजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राऊ गरेको छ । रा ३ प ९०५ नम्बरको मोटरसाइकलमा सवार बाघमारेका निमबहादुर भण्डारी र उहाँकी श्रीमतीलाई कुटपटी गरी लुटपाट गर्न खोज्ने तुलसीपुर ८ अश्वाराका १७ बर्षिय बसन्त रेउले र सोही ठाउँका २२ बर्षिय बिजय महतारालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी तुलसीपुरको नयाँ बसपार्कमा मदिरा सेवनगरी होल्ला गरेको आरोपमा प्रहरीले सागर विक र झग्गु विकलाई पक्राऊ गरिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ असोज १७ गते मङ्गलवार