टीकाकाे तेस्राे दिन, अाजपनि दसैँको टीका लगाइदैँ

काठमाडौं, असोज १६ – बडादशैको १२ औ दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ । टाढा रहेका र टीकाको दिन जान नभ्याएका आज टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा पुग्ने गर्छन् ।

अहिले विहानदैखि आफनत्को टिका थाप्न नयाँ र राम्रो पहिरनमा सज्जिएर हिडेकाहरु बाटो घाटोमा देखिएका छन् । आफन्तकोमा  दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।

पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायुको आशीर्वाद लिइन्छ ।

प्रकाशित मिति : २०७४ असोज १६ गते सोमवार
प्रतिक्रिया