दाङमा पेट्रोलको अभाव

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १६ असोज । दाङमा शुक्रवार देखी पेट्रोलको अभाव देखीएको छ । दशैको अघिल्लो दिन देखी दाङका अधिकांस पेट्रोल पम्पमा तेलको अभाव भएपछि उपभोक्ताहरु मर्का परेका छन् । दसैको समयमा पेट्रोलको अभाव हुदा सवारी साधन चलाउन समस्या भएको उपभोक्ताले गुनासो गरेका छन् ।

दाङको तुलसीपुर,नारायणपुर,घोराही लगाएतका पेट्रोल पम्पमा विगत तिन दिन देखी तेलको अभाव भएको छ । यता नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख नर बहादुर ऐरले तेल आयतका लागी नेपालगन्ज र भैरहवा आफुले सम्पर्क गरीराखेको बताउदै उहाँले आज देखी बैंक खुला रहे आज नै दाङमा पेट्रोल आईपुग्ने बताउनु भएको छ । दशै विदाका कारण बैंक कार्यालयहरु बन्द भएकाले पेट्रोल ल्याउन नसकिएको उहाले जानकारी दिनुभयो ।।

 

प्रकाशित मिति : २०७४ असोज १६ गते सोमवार
प्रतिक्रिया