आज पनि दशैंको टीका लगाइँदै

काठकाडौं, असोज १५ – देशभरका नेपाली हिन्दूहरु अहिले बडादशैं अन्तर्गत नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजनबाट आशिष लिन व्यस्त छन् । दुर्गा विसर्जनपछि परिवारमा सबैभन्दा जेठो व्यक्तिसँग क्रमशः टिका थापेकाहरु आज बाँकी आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् । विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउन जाने चलन छ ।

एकै दिन टिका लगाउन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टिका लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ । परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन पनि छ । कतिपय ठाउँमा आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ ।

अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जाभान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ ।

प्रकाशित मिति : २०७४ असोज १५ गते आइतवार
प्रतिक्रिया