विद्युत प्राधिकरण लमहीको लार्पबाही,फेरी एक जनाको मृत्यु

तुलसीपुर,१५ असोज । दशै मनाउन आफन्तको घर जाने क्रममा देउखुरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । गढवा गाउपालिका वडा नम्बर २ पचैया निवासि १६ बर्षिय बिकास परियारको वाटोमा लत्रिएको मुख्य लाईनको तारवाट करेन्ट लागेर मृत्यु भएको गाउँपालिका अध्यक्ष शहजराम यादवले जानकारी दिनुभयो ।

नेपाल बिद्युत प्राधिकरण लमहीमा तार लत्रिएको वारे जानकारी गराएको भए पनि बिद्युत कार्यालयले ध्यान नदिदा करेन्ट लागेको वताईएको छ । यस अघि लमही नगरपालीका वडा नं ४ शान्तिनगर निवासी एक महिलाको बिद्धुत कार्यालयको लापरबाहीले करेन्ट लागेर ज्यान गएको थियो । मृृतक परिवारका सदस्यलाई क्षतिपूर्ति वाफत पाँच लाख रुपैयाँ दिने सहमतिमा शव उठाएका थिए ।

प्रकाशित मिति : २०७४ असोज १५ गते आइतवार
प्रतिक्रिया