काठमाडौंको बल्खुमा आगलागी, सुकुम्बासीका ६० घर जलेर नष्ट

काठकाडौं, असोज १५ – काठमाडौंको बल्खुमा गएराति आगो लाग्दा ६० वटा घरटहरा जलेका छन् । राति ११ बजेतिर मानबहादुर बिकको घरमा बालेको दियोबाट आगो सल्किदा सुकुम्बासी टोलसँगै रहेका ६० वटा घरटहरा जलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले राति साढे २ बजे आगो निभाएको थियो । आगोबाट पुगेको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असोज १५ गते आइतवार
प्रतिक्रिया