चीनले स्थानीय विकासमा चासो दिएको छ : मेयर पाण्डे

तुलसीपुर, असोज १३ गते । तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले नेपालको स्थानीय विकासमा चीनको स्थानीय सरकारले विशेष चासो दिएको वताउनु भएको छ । नेपालमा भएको स्थानीय तहको निर्वाचनसँगै यहाँको विकासले गति लिने कुरामा पनि चीन सरकार विश्वस्त रहेको र लगानीका लागि तत्पर रहेको समेत उहाँले वताउनु भयो । ‘नेपालको राजनीतिक परिवर्तनको स्थायित्वको लागि पनि चीन सरकारले चिन्ता व्यक्त गरको छ ’ पाण्डेले भन्नुभयो ।

भ्रमणका क्रममा चीनले तिव्र गतिमा गरेको परिवर्तन र त्यसका सुत्रहरुका वारेमा पनि जानकारी गराइएको उहाँले वताउनु भयो । ‘चीनले गरेको परिवर्तन हामी सवैका लागि उदाहरणीय रहेको छ ’ पाण्डेले भन्नुभयो ।

चीन सरकारको निमन्त्रणामा राजकीय चीन भ्रमण सकेर भर्खरै फर्कनु भएका पाण्डेले तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि विशेष अवधारणा निर्माणमा समेत भ्रमण फलदायी भएको वताउनु भयो । ‘विश्व वजारमा चीनले लगानी वढाउन खोजिरहेको छ , हामीले वातावरण वनाउनु आवश्यक छ ’ पाण्डेले वताउनु भयो ।

, सिचुवान प्रान्तको विकासको मोडल, न्युसीटीको अवधारणा लगायतका कुरामा समेत महत्वपूर्ण जानकारी हासिल गरेको उहाँले वताउनु भयो । चीनिया सरकारको निमन्त्रणामा मेयर पाण्डे लगायत देशभरका १४ मेयरहरु १० दिने भ्रमणमा चीन गएका थिए ।

 

प्रकाशित मिति : २०७४ असोज १३ गते शुक्रवार
प्रतिक्रिया