दुर्घटना रोक्न सवारी चेकचाजमा कडाई गरीने

तुलसीपुर,१३ असोज । चाडपर्वको समयमा जिल्लामा हुन सक्ने दुर्घटना न्युनिकरण गर्न लागी चेकचाजमा कडाई गरीने ट्राफिक प्रहरीले बताएको छ । जसका लागी ओभर लोड,मापसेको चेकजाचको ब्यवस्था गरीएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक नन्द कुमार पोख्रेलले बताउनुभएको छ ।

त्यसैगरी यात्रुहरुको सहजकताका लागी चार ठाउमा यात्रु सहायता केन्द्र सञ्चालनमा ल्याएको उहाले जानकारी दिनुभएको छ । तुलसीपुरखवर सँग कुराकानी गर्दै तुलसीपुर,घोराही , लमहि र भालुवाङ्गमा यात्रुको लागी सहायता केन्द्र सञ्चालनमा ल्याएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ असोज १३ गते शुक्रवार
प्रतिक्रिया