दाङमा एक व्यक्ति मृत फेला

दाङ, असोज १३ । दाङको रामपुरमा एक व्यक्ति मृत फेला परेका छन् ।  अन्दाजी २८ वर्षिय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख ए्सपि दुर्गा सिंहले जानकारी दिइन् ।

अत्याधिक मदिरा सेबनका कारण खत्रीको निधन भएको हुन सक्ने भन्दै हिजो राती खत्रीसंगै मदिरा सेवन गरेका एक जनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७४ असोज १३ गते शुक्रवार
प्रतिक्रिया