दशैमा सल्यानी खुकुरीको माग बढी

हिमाल शर्मा,सल्यान १२ असोज । दशैंको समयमा सल्यानी खुकुरीको माग अत्याधीक हुने गरेको पाईएको छ । नेपालीहरुको महान चाड विजयाँ दशमीको अवसरमा जिल्लावाट वाहिरीने सरकारी एवं गैर सरकारी कार्यलयका कर्मचारी,व्यापारी हरुले आ–आफनो घरमा जाने समयमा सल्यानको चिनोको रुपमा सल्यानी खुकुरी लिने गर्दछन ।

देश विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउनु तथा अन्य घरायसी कामको लागी प्रयोग गर्नेकोसंख्यामा बृद्धि भए पछि सल्यानी खुकुरीको माग बढेको हो । सल्यान जिल्लामा आउने अति विशिष्ट पाहुनालाई सल्यानको उपहारको रुपमा सल्यानी खुकुरी दिने चलन वढ्ना थालेको छ ।

सल्यान जिल्ला हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थाले पछि सल्यानी खुकुरीको माग झन् बढेको हो । तर माग अनुसारको खुकुरीको उत्पादन हुन नसकेको उद्येमीहरुले वताएका छन । लामो समय देखी खुकुरी बनाउने पेशमा लागेका शारदा नगरपालिका २ खलंगा ६५ वर्षीय जुद्धबिर बिक।ले भन्नु भयो आफुले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको वताउनु भएको छ उहाँले भन्नु भयो दिनमा ५देखी १० जना सम्म खकुरी किन्न सल्यान जिल्ला मात्रैका नभएर जिल्ला भन्दा वाहिरवाट खुकुरी किन्न आउने र आफुले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको वताउनु भएको छ ।

सल्यानको खुकुरी रुकुम,दाङ,नेपालगन्ज, वुटोल लगायत छिमेकी देश भारत चिन अमेरिका, अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाउने गरिन्छ । खलंगामा रहेको विश्वकर्माटोलमा १० परिवार रहेका छन् । ती मध्ये ७ परिवारले फलामवाट वन्ने खुकुरी, चुलेसी, हसीयाँ, खुडा, चक्कु, बनाउदै आएका छन् विगत द्धन्द्धका समयमा सल्यानी खुकुरीको कारोबारो पूर्ण रुपमा बन्द भएपनि शान्ती प्रकृयाँ भएसँगै खुकुरीको माग बढ्दै गएको उहाँले वताउनु भयो । खुकुरी वनाउने पेशावाट घर खर्च टार्नुका साथै छोरा छोरी विद्यालय पढाऊने सहयोग पुगेकोे अर्का उद्यमी इन्द्र वहादुर वि।क।ले बताउनु भयो ।

उक्त टोलका विक। परिवारले खुकुरी बनाउने पुख्र्यौली पेशालाई ब्यबसायिक बनाएर निरन्तरता दिदा जीवनस्तरमा सुधार आएको वताएका छन् । उनीहरुले आफुहरुले उत्पादन गरेको खुकुरी बिक्री हुदैन की भन्ने डर भन्दा पनि फलामका औजारहरु निर्माणका लागि वढ्दो लोडसेडिङ्गले समस्या भएको बताएका छन् ।

दैनिक एक वटा खुकुरी वनाउन सकिने भएपनि वढ्दो लोडसेडिङ्गका कारण समस्या भएको उद्यमी विकले बताउनु भयो । “खुकुरी चम्कीलो वनाउन लगाईने सान प्रयोग गर्न समस्या छ” उहाले भन्नु भयो । “आकर्षक खुकुरी , खुडा वनाउने आधुनिक ग्रयान्डर मेसिन भएर पनि बत्तिका कारण प्रयोग बिहिन छ ।”

प्रकाशित मिति : २०७४ असोज १२ गते बिहिवार
प्रतिक्रिया