तुलसीपुर, ११ असोज
सामुहिक बलात्कार गरेको आरोपमा तुलसीपुरमा दुई जना पक्राउ परेका छन् । तुलसीपुर बजारको एक होटेलमा सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुर ६ का ३४ बर्षिय दिनेश अधिकारी र २० बर्षिय दिलीप वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनिहरुलाई जबरजस्ती करणी ऐन अन्तरगत मुद्दा चलाइएको छ । म्युजिक भिडियोमा अभिनय गर्न दिने प्रलोभनमा पारी २० बर्षिया युवतीलाई बाँकेबाट तुलसीपुर बोलार्र्र्र्ई सामूहिक बलात्कार गरेको प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।
‘गत नौ गते घटना भएको थियो सोहि दिन नै युवतिको जाहेरीका आधारमा राती दुई बजे नै पक्राउ गरेर कस्टडिमा राखेका छौ, कडा कार्वाही हुन्छ’ अर्यालले भन्नुभयो ।
प्रकाशित मिति : २०७४ असोज ११ गते बुधवार