आज दशैँको सातौ दिन फुलपाती

काठमाण्डौं,११ असोज । वडा दशैको सातौ दिन आज फुलपाती हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउदैछन् । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा सुभसाइतको रुपमा फुलपाती भित्र्याउने चलन छ । उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत शुभसाइतका रुपमा कविधिपूर्वक भित्रयाइन्छ ।

फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डूको जमलसम्म ल्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुनेछन् । आजबाट हिन्दु नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउन जुट्ने भएका छन्

प्रकाशित मिति : २०७४ असोज ११ गते बुधवार
प्रतिक्रिया