पार्वती बस्नेत,घोराही १० असोज । नागरिकहरुलाई सहि सुचना दिई,नागरिक जगतमा विश्वसनीय स्थायित्व कायम गर्नु नै आजका पत्रकारहरुको दायित्व रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बतायका छन् । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा आयोजना गरिएको दशैमिलन तथा आजको पत्रकारिता विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले यस्तो वताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले आम नागरिक समूदायमा मिडियाको विश्वसनियतालाई कायम राख्नका लागी पनि जिल्लामा रहेका सम्पुर्ण मिडियामा आवद्ध पत्रकारहरु एकै स्थानमा बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै आर्चायले पत्रकारिता क्षेत्रमा क्षमता अभिवृद्धिका लागी जोड दिन जरुरी रहेको वताउदै यसका लागी महासंघले आगामीदिनमा यसतर्फ ध्यान दिने वताउनु भयो ।
आर्चायले देश संघियतामा आय सँगै प्रदेशमा सम्पुर्ण अधिकार कायम हुने भयकाले पनि महासंघको अधिबेसन अगाडी नै नयाँ सदस्यता वितरण कार्यमा जोड दिन नेपाल पत्रकार महासंघ दाङलाई अनुरोध गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जिल्लामा अब विशेषज्ञता सहितको पत्रकार जनशक्ति उत्पादन गर्न जरुरी रहेको बताउनुभयो । विशेषज्ञता सहितको पत्रकारले गरेको पत्रकारिताले समाजमा अझ विश्वासका साथ सम्मान बढाउने बताउनुभयो ।
यसैगरी स्थानिय विकास अधिकारी कुल बहादुर जिसीले आम नागरिकलाई सुसुचित गर्नका लागी आजको पत्रकारिताले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव उदय जि.एम.,दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोसी,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष प्रताप रेग्मी लगायतले बोल्नुभयको थियो ।
पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका उपाध्यक्ष डिल्ली मल्लले धन्यावाद ज्ञापन गर्नुभयको थियो भने सहजीकरण महासंघका सचिव भुपेन्द्र वलीले गर्नुभएको थियो ।।