दशैको अवसरमा रोल्पामा एक कैदी रिहा

रोल्पा, १० असोज । दशैको अवसरमा नेपाल सरकारले कैद मिनाहा गरेपछि रोल्पा कारागारबाट सोमबार दिउँसो एकजना कैदी रिहा भएका छन । दैलेख जिल्लाका जिबन शाही कैद मिनाहापछि रिहा हुनु भएको रोल्पा जिल्ला कारगार शाखाले जनाएको छ ।

चार बर्षे कैद सजाय सुनाईएका शाही तिन बर्ष कैद भोगेर रिहा भएका हुन। कारागारमा चालचलन राम्रो देखाएकाले कैद मिनाहका लागी शाही सहित दुईजनालाई रिहा गर्न नेपाल सरकारमा कारागारले सिफारिस गरेको थियो । तर सरकारले शाहीलाई मात्र रिहा गर्ने निर्णय सहित परिपत्र गरेको हो ।

प्रकाशित मिति : २०७४ असोज १० गते मङ्गलवार
प्रतिक्रिया