तुलसीपुर चार मुल्कोट जुमलीटाकुराबासीको पिडा,न सडक न खानेपानी

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १० असोज । तुलसीपुर उपमहानगरपालिकामा एउटा यस्तो बस्ती छ,त्यहाँ न सडक पुगेको छ,न खानेपानीको सुबिधा नै । त्यो ठाउँ हो, तुलसीपुर चार मुल्कोट जुमलीटाकुरा । मुल्कोट जुमलीटाकुरावासी बर्षौदेखी विकासको पखाईमा छन् । उनिहरुको बस्तीमा अझैसम्म सडकको पुगेको छैन भने खानेपानीको सुबिधा पसिन छैन् ।

तुलसीपुर ४ को विकट क्षेत्र मुल्कोटमा ठुलो पानीको मुहान भएपनि मुहान देखी माथिका बस्तीले पुर्खौ पुस्ता देखी घण्टौ समय लगाएर गाग्री डोकोमा बोक्नु पर्ने बाध्यता छ । त्यस क्षेत्रका करिव ४० घरधुरीले पुर्खौदेखी डोकोमा पानी वोकेर दैनिकी गुजारा चलाउदै आएका छन् । बाह«ैमास एकैनास बग्ने पानीको मुहान नजिकै वसेको वस्तीका वासीन्दाले पिउने पानीको सुविधा पाउन सकेका छैनन् ।

मुहान भन्दा माथि वस्ती वसेकाले पिउने पानीको समस्या भएको हो । स्थानिय ऋषिराम पुनका अनुसार त्यहींको पानी तुलसीपुर बजारमा ल्याएको छ भने त्यहीका बासीन्दाले आफ्नो ठाऊँको मुहानको पानी पउिन पाएका छैनन् । उक्त वस्ती सम्म पानी पानी वु¥याउन धेरै रकम लाग्ने भएकाले अहिले सम्म कुनै पनि निकायबाट आबश्यक वजेट विनियोजन नभएको उहाले बताउनुभयो । उपमहानगरपालीका भएर कर मात्रै बढेको तर,पीउने पानीको व्यवस्था समेत नभएको स्थानीयवासीहरु बताउँछन् । त्यहाँका बासीन्दालाई एक गाग्री पानी घरसम्म पु¥याउन डेढ घण्टा हिड्न बाध्य छन् ।

 

प्रकाशित मिति : २०७४ असोज १० गते मङ्गलवार
प्रतिक्रिया