घोराही,९ असोज । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आगामी १० बर्षभित्र एमालेले एकलौटी देश चलाउने बताउनुभएको छ । एमाले दाङले आज गरेको कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले एमालेको पक्षमा क्रमश जनलहर बढ्दै गएको गएको र अरु पार्टी कमजोर बन्दै गएको बताउनुभयो । आगामी १० बर्षभीत्र एमाले बाहेकका पार्टी पत्ता साफ हुने बताउनुभयो ।
राष्ट्र जोगाउने पार्टी एमाले मात्रै भएको बताउँदै नेता गौतमले प्रदेश नम्बर दुईमा चौतर्फी घेराबन्दी पारेर एमालेलाई केही कजोर पारिएको दाबी गर्नुभयो । दाङमा स्थानीय तहको चुनावमा एमाले पूर्ण बहुमतमा भएकाले प्रदेश र प्रतिनिधी सभाको चुनावमा पनि पहिलो शक्ति बन्ने बताउनुभयो । उहाँले एमाले राजनीतीक समुन्द्र भएको भएको दावी गर्दै बिगतमा गल्ती गरेकाहरु पनि एमाले मा आएर सुध्रिने बताउनुभयो ।
एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्य क्रममा राप्रपाका केन्द्रीय सदस्य सदस्य एवं गायीका कोमल वली,नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य एवं भुमी अधिकार मन्च दाङका अध्यक्ष निमर्ला विक,काँग्रेस नेता एवं निर्माण व्यवसायी संघ दाङका अध्यक्ष बलिभद्र राना,पूर्व महासचिव विकास पुन,काँग्रेस नेता खुमबहादुर खड्काका भतिज डील्लीबहादुर खड्का सहित काँग्रेस र एमाओवादी परित्याग गरी पन्ध्र सय बढीले एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा बोल्दै राप्रपा परित्यागगरी एमाले प्रवेश गर्नुभएका वलीले देशभक्त पार्टी एमाले मात्रै भएकाले राप्रपाको केन्द्रीय सदस्य त्यागेर एमालेमा प्रवेश गरेको बताउनुभयो । कुनै व्यक्तिगत स्वार्थकालागी आफू एमालेमा नआएको दावी गर्दै उहाँले एमालेको छाता ओढेर समाज सेवा गर्ने बताउनुभयो । यस्तै नयाँ शक्ति नेपाल त्यागेर एमालेमा प्रवेश गर्नुभएका विकले एमालेको राष्ट्रवादी अडानका कारण आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।
नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका रानाले दाङमा प्रदेश र प्रतिनिधी सभाको चुनावमा एमालेलाई जिताएरै छाड्ने बताउनुभयो । उपाध्यक्ष हुकुम बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको सहजिकरण सचिव हिराचन्द्र केसीले गर्नुभएको थियो ।