एमाले अध्यक्ष ओली आज दाङ आउदै

तुलसीपुर,९ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पि शर्मा ओली आज दाङ आउदै छन । नेकपा एमाले दाङले घोराहीमा राखेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न ओली दाङ आउन थालेका हुन । नेकपा एमाले दाङको शुक्रबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रमको तयारीका लागि उप सचिव सुरामणि बेल्वासेको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा उत्तरकुमार वली, मनोहर बुढाथोकी, विवेक श्रेष्ठ, हुमा ठिसी, गेहेन्द्र बस्नेत, राममणि पाण्डे, अमर वली र मानवहादुर विक छ्न । घोराही उप महानगरपालिका वडा नं। १५ मा रहेको नारायण सल्यानी भवनमा आयोजना गरिने कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेकपा एमालेका अध्यक्ष ओली, पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, ५ नंम्वर प्रदेश प्रमुख विष्णु पौडेल, नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल लगायतका नेताहरु आउने नेकपा एमाले दाङले जानकारी दिएको छ ।

सोही दिन दाङका विभिन्न गाउँ तथा नगरबाट करिव एक हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटीकोे केन्द्रिय सदस्य बनेकी चर्चित गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर एमालेमा प्रबेश गर्ने तयारी गरेकी छन । एमाले दाङका जिल्ला सचिव हिराचन्द्र केसीले कोमल ओली एमालेमा प्रबेश गर्ने कुरा सत्य भएको वताए ।

प्रकाशित मिति : २०७४ असोज ९ गते सोमवार
प्रतिक्रिया